रास्वपाले गर्‍यो बझाङ जिल्ला संयोजक खड्काको निलम्बन फुकुवा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका बाझङ जिल्ला संयोजक नगेन्द्र खड्कामाथि निलम्बन फुकुवा गरेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहीबार कसेको केन्द्रीय समिति बैठकले खड्कामाथिको कारबाही फुकुवा गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए ।

यसअघि रास्वपाले पत्रकारमाथि हातपात गरेको समाचार बाहिरिएपछि खड्कलाई पार्टी सदस्यताबाट निलम्बन गरिएको थियो । त्यसमा उनी दोषी नदेखिएको भन्दै कारबाही फुकुवा गरिएको ढकालले बताए । तर रुपन्देशी जिल्ला सयोजक दामोदर खत्रीलाई भने तीन महिना पार्टीबाट निलम्बन गर्न निर्णय गरेको छ । ‘कुनै पनि पदीय जिम्मेवारी नरहने गरी निलम्बन गरिएको छ । यो तीन महिनामा खत्रीले पार्टीलाई गर्ने सहयोगबारे थप निर्णय हुने छ,’ ढकालले भने ।

बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै पार्टी हित विपरित कार्य गर्नेका लागि अनुशासनको कारबाही गर्ने विधि तय भएको ढकालले जानकारी दिए ।

बैठकले पार्टी दस्तावेज तयार गर्नका लागि १७ जनाको टोलीलाई गाउँ पठाउने निर्णय गरेको छ । टोली १५ दिन जनता माझ गएर मतदाताको अपेक्षा बुझ्ने ढकालले जानकारी दिए ।

‘जनताले रास्वपालाई कस्तो दल देख्न चाहन्छन् ? त्यही बुझ्नका लागि गाउँ जान लागेका हौ,’ ढकालले भने । राजनीतिक दस्तावेज तयार गर्न गाउँ जाने टोलीको खर्च पार्टीले बेहोर्ने भएको छ । यस्तै रास्वपाले पार्टीका केन्द्रीय प्रदेश र पालिकाका विभाग प्रमुख, पदाधिकारी र सदस्यको योग्यता तोकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।