जस्तोसुकै कठिन परिस्थिति आएपनि भ्रष्टाचारविरुद्धको अभियान रोकिनुहुन्नः वर्षमान पुन
काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आएपनि भ्रष्टाचारविरुद्धको अभियान बीचमै छाड्न नहुने बताएका छन् ।
आज (शनीबार) केन्द्रीय समिति बैठका आफ्नो धारणा राख्ने क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जनतामा आशाको किरण ल्याएको भन्दै यसलाई निरन्तरताको आवश्यकता रहेको बताएका हुन् ।


