सरकारले लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गर्न हुँदैन : केपी ओली

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारले लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गर्न नहुने बताउनु भएकाे छ ।

नेकपा (एमाले) को परराष्ट्र मामिला विभागले काठमाण्डाैमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी नेकपा (एमाले) को धारणा’ कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे ।

अध्यक्ष ओलीले कालापानीमा भारतले ६१ वर्षअघि कुनै सम्झौता वा कुनै जानकारी नदिइकन एकतर्फीरुपमा आफ्नो सेना ल्याएर राखेको उल्लेख गर्दै नेपाल सरकारले लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गर्न नहुने बताउनु भएकाे हाे । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन आफैँले बुझ्ने तयारीका क्रममा सरकार छाड्नुपरेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘ईपीजी प्रतिवेदन नबुझ्ने भन्ने थिएन, तर मिति मात्रै तोकिएको थिएन, पछि मैले बीचमै सरकार छाड्नुपर्यो ।’

ईपीजी प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने सहमति भए पनि भारतीय प्रधानमन्त्रीले समय नदिएका कारण याे प्रतिवेदन अहिलेसम्म सार्वजनिक नभएको उहाँको आरोप छ । अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रो देश कुनै पनि सैनिक गुटमा सामेल हुँदैन, सैनिक गुटमा प्रत्यक्ष वा परोक्ष कुनै पनि हिसाबले हामी सामेल हुँदैनौँ, हाम्रो भूमिमा कुनै पनि बाह्य सैनिक आउँदैन, हाम्रो भूमिमा कुनै पनि देशको सैनिक स्थापित हुन दिँदैनौँ ।’

साथै, उहाँले भारतले दार्चुलाको लिम्पियाधुरामा महाकाली नदीलाई सिमाना नमानेर जिद्दी गरिरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘लिम्पियाधुरा भएर बग्ने महाकाली नदीलाई नेपाल र भारतको सिमाना मान्नुपर्नेमा लिपुलेक भएर बग्ने सानो कुलोलाई सीमा भनेर अर्घेल्याइँ गरिरहेको छ, कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याइँ हो । हाम्रो दाबी छाड्नु हुँदैन ।’

यस्तै, अध्यक्ष ओलीले अत्यन्त सन्तुलित र सम्यमित ढङ्गले कुनै पनि देशसँग नलागिकन, कसैप्रति अनावश्यक निकटता र कसैप्रति पनि अनावश्यक दूरी बढाउन वा कायम गर्नेतिर लाग्न नहुने बताउनुभयो । ‘हामीले हाम्रा छिमेकीसँग मित्रतापूर्ण ढङ्गले र स्पष्ट ढङ्गले हाम्रा न्यायोचित हितको सन्दर्भमा स्पष्ट दृष्टिकोण पेस गर्नुपर्छ’, अध्यक्ष ओलीले भन्नुभयो । भारत र चीन दुई मित्र राष्ट्र भएकाले दुवैसँग खुलस्त कुरा राखेर आपसी समस्यालाई समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

साथै उहाँले हरेक देशले राष्ट्रिय हितको पक्षमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्ने बताउनुभएको छ । सार्वभौम समाजमा पारस्परिक लाभ र पारस्परिक सम्मान गर्नुपर्ने बताउँदै उहाँले यही पारस्परिक लाभ र सम्मान नहेरिकन राष्ट्रिय हितको मात्रै पक्षपोषण गरियो भने त्यो अन्यायपूर्ण हुने बताउनु भएकाे हाे ।

‘हरेक देशको आफ्नै प्रकारको विदेश नीति हुन्छ, अवस्था कस्तो छ, स्तर कस्तो छ ? नीतिले निर्धारण गर्दछ, यी सबै पक्षलाई विचार गरेर आज हाम्रो देशको हामीले अपनाउनुपर्ने विदेशी नीति, परराष्ट्र सम्पन्न कसरी अगाडि बढाउने भन्ने कुरा विभिन्न पृष्ठभूमिमा निर्धारित हुन्छ’, उहाँले भन्नुभयो ।

आन्तरिक र बाह्य सम्बन्धमा दृष्टिकोण बनाउन तथा नीति प्रस्तुत गर्न नेपाल स्वतन्त्र रहेको अध्यक्ष ओलीको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।