संघीय निजामती ऐन आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुन्छः मन्त्री मोदी
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती ऐन आगामी मन्त्रिपरिषद्को बैठकमा पेस हुने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय निजामती ऐनको ड्राफ्ट सकिसकेले आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने बताएका हुन् ।
ढुङ्गा–गिट्टी तथा फोहरमैला व्यवस्थापनसम्बन्धी बेग्ला–बेग्लै विधेयक पनि आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने तयारी रहेको उनले बताए ।
आफू मन्त्री बनेको दिनबाट नै संघीय निजामती ऐन ल्याउनैपर्छ भनेर काम गरेकाले अहिले सबै तयारी सकिसकेको उनको भनाइ थियो । ‘म जब मन्त्री भएँ, मेरो मिसनमा एउटा संघीय निजामती ऐन ल्याउने भन्ने थियो । किनभने निजामती सेवा ऐन र कानून बनाउने कुरामा महत्वपूर्ण भूमिका खेल्नुपर्छ भनेर डे वादेखि ड्राफ्ट कुरेर विभिन्न सरोकारवालासँग छलफल गरेको छु,’ उनले भने, ‘अहिले त्यो ऐन अर्थ र कानून मन्त्रालयबाट पनि आइसकेको छ । आउने क्याबिनेटमा दर्ता हुन्छ। ढुंगा गिटी र बालुवाको पनि धेरै समस्या छ, विकास निर्माणमा त्यसको पनि ऐन बनेको थिएन, त्यसको पनि ऐन तयार पारेको छु ।’


