राजस्व अनुसन्धान विभागले १ सय किलो सुन प्रकरणको फाइल प्रहरीलाई बुझायो

काठमाण्डाै – राजस्व अनुसन्धान विभागले झन्डै एक सय किलो सुन तस्करी प्रकरण अनुसन्धानको काम नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाले पत्रकार सम्मेलन गरेर सुन तस्करी अन्तरदेशीय सङ्गठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई दिएको जानकारी दिनुभयो । अनुसन्धानमा अहिलेसम्म भएको काम र पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइएको महानिर्देशक ढुंगानाले बताउनुभयो । पक्राउ परेका आरोपित, बरामद सबुत प्रमाण र अनुसन्धानको प्रगति प्रतिवेदन विभागको टोली प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै अनुसन्धानको काम प्रहरीलाई दिन निर्देशन दिनुभएको थियो । सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व र भन्सार छलीमा मात्रै गर्दा जरोसम्म पुग्न नसकिने भएकोले सङ्गठित अपराध, अन्तर्देशीय अपराध र आतङ्कवादसँग पनि जोडेर अनुसन्धान गर्न प्रहरीलाई दिने प्रधानमन्त्री प्रचण्डले बताउनुभएको छ ।

अब यो प्रकरणका अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अघि बढाउने छ । सीआईबीमा वित्तीय र सङ्गठित अपराध हेर्ने छुट्टै युनिट छन् । विभागले पहिलोपल्ट अनुसन्धान चल्दा चल्दै आफ्नो क्षेत्राधिकारको मुद्दा प्रहरीलाई दिएको हो ।

विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो । तस्करहरूले हङकङबाट नेपाल ल्याएको सुन प्रकरणमा विमानस्थल भन्सारका तीन जना कर्मचारीसहित १८ जना पक्राउ परिसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।