लियोनल मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामी क्वाटर फाइनलमा
न्युयोर्क। लियोनल मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामी लिग्स कपको क्वाटर फाइनलमा पुगेको छ।
सोमबार बिहान भएको खेलमा मियामीले डल्लासलाई टाइब्रेकरमा पराजित गर्यो।
निर्धारित तथा अतिरिक्त समयको खेल ४-४गोलको बराबरीमा सकिएपछि टाइब्रेकर भएको थियो।
निर्धारित तथा अतिरिक्त समयमा मेस्सी एक्लैले २ गोल गरेका थिए। त्यसमध्ये एक गोल फ्रीकिकमा गरेका थिए।
खेलमा २ गोलले पछाडि परेको अवस्थामा मियामी बराबरीमा पुगेको थियो।
मेस्सीले मियामीका लागि ४ खेलमा ७ गोल गरिसकेका छन्।


