एएफसी कपका लागि मछिन्द्र र पारो तयार

२२ साउन, काठमाडौं । एएफसी कपको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसीसँग खेल्दै छ ।

मंगलबार बेलुकी त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलका लागि दुवै टिमले आफूहरु तयार रहेको बताएका छन् ।

सोमबार भएको प्रिम्याच कन्फेरेन्समा दुवै टोलीका कप्तान र प्रशिक्षकले खेलका लागि तयार भएको बताए ।

मछिन्द्रका प्रशिक्षक किशोर केसीले सबै प्रशिक्षण सकेर खेलका लागि तयार रहेको बताएका छन् ।

खेलका लागि राम्रो स्ट्राइकर चाहिने भएकाले ७ जना खेलाडी थप गरिएको जानकारी दिँदै उनले उनीहरुलाई आवश्यकता अनुसारको पोजिसनमा खेलाउने बताए ।

लिग च्याम्पियन चर्च ब्वाइजका आशिष चौधरी र एरिक विष्टसहित संकटाका आयुष घलान, थ्री स्टार क्लबका लकेन लिम्बु, एपीएफका सनिष श्रेष्ठ तथा एफसी खुमलटारका रेजिन सुब्बा, रोहित सुब्बार विदेशी खेलाडी मेसुके ओलोमोउलाई मछिन्द्रले यही खेलका लागि आबद्ध गरेको छ ।

मछिन्द्रका कप्तान विशाल श्रेष्ठले पनि आफूहरु कमजोर रहेको पोजिसनमा नयाँ खेलाडी अनुबन्ध गरेकाले टिम राम्रो बनेको बताए ।

शहीद स्मारक ए डिभिजन लिगको उपविजेता बने पनि मछिन्द्रले भाग्यमानी बन्दै एएफसी कप खेल्ने अवसर पाएको हो । च्याम्पियन चर्च ब्वाइजसँग एएफसी क्लब लाइसेन्स नहुँदा मछिन्द्रले लगातार दोस्रो पटक एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्न लागेछ ।

पारो भुटानको लिगमा टप भएर आएको टिम हो । पारोले विदेशी खेलाडीबाट अपेक्षा धेरै गरेको भन्दै केसीले उनीहरुलाई रोक्नु पर्ने बताए ।

पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले भुटानमा लिग भइरहेकाले आफूहरुको तयारी राम्रो भएको र खेलाडी फर्ममा रहेको बताए ।

राष्ट्रिय खेलाडीसमेत समावेश रहेको मछिन्द्रलाई आफूहरुले कमजोर नआँकेको बताए । दशरथ रंगशालामा आफूले भूटानी समर्थकको अपेक्षा गरेको उनले बताए ।

मछिन्द्र र पारोबीचको खेलको विजेताले दोस्रो चरणमा भारतको इन्डियन सुपर लिग खेल्ने मोहन बगानसँग १६ अगष्टमा खेल्नेछ ।

१६ अगष्टको खेल जित्ने टिमले प्लेअफमा स्थान बनाउनेछ । यो खेलको विजेताले बंगलादेशको ढाका अबहानी र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग अगष्ट २२ मा प्लेअफ खेल्ने छ । र त्यसको विजेता साउथ जोनबाट एएफसी कपको समूह चरणमा प्रवेश गर्नेछ ।

पारोका कप्तान किनले वाङचुकले मछिन्द्रको खेल जितेमा अगाडिको बारेमा सोच्ने बताए ।

मछिन्द्रले गत वर्ष पनि प्रारम्भिक चरण खेलेको थियो । तर श्रीलंकन क्लब ब्लु स्टारसँग घरेलु मैदानमै पराजित भएपछि यात्रा अघि बढ्न सकेन । यस पटक भने मछिन्द्रले त्यसबाट पाठ सिक्दै अगाडि बढ्ने लक्ष्य राखेको बताएको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।