सजिलै आउने पैसा छोडेका गृहमन्त्रीले सुन तस्करीमा लोभ गरे भन्ने मलाई लाग्दैनः कांग्रेस नेता भण्डारी

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाउन आवश्यक नरहेको बताएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त प्रकरण छानविनका लागि नेपाल प्रहरीको सिआईबी सक्षम रहेको बताएका हुन् ।

‘हाम्रा यस्ता छानविनका काम नेपाल प्रहरीको सिआईबीले गर्छ । प्रहरी हाम्रो राम्रो छ । इन्भेष्टिगेनमा पनि राम्रो छ । साधन स्रोत हामीले उपलब्ध गरायौं र इन्टरफियर गरेनौं भने प्रहरीले गर्न सक्छ,’– उनले भने ।

सुन तस्करी प्रकरणमा अहिले नै गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि आसंका गर्नुपर्ने कारण नरहेको बताए । गृहमन्त्रीले मन्त्रालयमा आफूले खर्च गर्न पाउने रकमसमेत लिन नचाहेको बताउँदै उनले गृहमन्त्री दुई चार करोडको लोभमा परे होलान् भनेर विश्वास गर्न नसकिने बताए ।

‘गृहमन्त्री एउटा गृहस्थी विहीन माओवादीको नेता । उनी गृहमन्त्री हुँदाको दिन गृहमन्त्रीले खर्च गर्न पाउने पैसा करोडौं हुन्छ । उनले म यो लिन्न भनेका छन् । सजिलै आउने पैसा छोडेको मान्छेले सय किलो सुनमा दुई चार करोडका निम्ति किन लोभ गरे होलान् र भन्ने मलाई लाग्छ ।’ उनले भने, ‘उनले किन अनुसन्धानमा इन्टरफियर गर्छन् र भन्ने मलाई लाग्छ । किनभने उनले त्यही पैसा लिएको भए निस्कने बेलासम्म २४÷२५ करोड त खान पाउँथे नि । त्यसकारण केही समय विश्वास गरौं ।’

उच्चस्तरीय छानविन आयोगमा पार्टीका विभिन्न मान्छे राखिने र आफ्ना मान्छे पर्न थाले भनेपछि त्यहाँ बराबरी गराएर मिलाउने उनले बताए । राजनीतिक दलले हस्तक्षेप नगरेको खण्डमा सिआईबीले अनुसन्धान निष्कर्षमा पुर्याउन सक्ने उनको दाबी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।