दुबईबाट इराक जान लागेको विमानबाट निस्कियो भालु

दुबईबाट इराक जान लागेको एक एयरलाइन्सको कार्गोबाट एउटा भालु निस्किएको छ । उडान भर्नु ठिक अघि विमानबाट भालु निस्किएपछि विमानस्थलमा खैलाबैला मच्चिएको छ । यसै कारण विमानले उडान भर्न एक घण्टा ढिलो गर्‍यो । उडान भर्न समय लागेपछि विमानका क्याप्टेनले यात्रीसँग माफी मागेका छन् । घटना शुक्रवारको हो ।

इराकका प्रधानमन्त्रीले घटनाको छानविन गर्न आदेश दिएका छन् । यस्तै, इराकको एयरलाइन्सले यसमा आफ्नो केही गल्ती नभएको बताएको छ । आफूहरूले भालुलाई बेहोस बनाउन दुबईका अधिकारीलाई पूरा सहयोग गरेको बताए । यसो गर्दा पनि भालु विमानको कार्गोबाट कसरी निस्कियो भन्नेबारे आफूलाई थाहा नभएको इराकको एयरलाइन्सले बताएको छ ।

भालुलाई दुबईबाट बगदाद लैजान लागिएको थियो
इराक एयरवेजका अनुसार भालुलाई दुबईबाट बग दाद लैजान लागिएको थियो । भालुलाई ट्रान्सपोर्ट गर्नका लागि इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनका सबै मापदण्ड पालना गरेको एयरलाइनले बताएको छ ।

भालुलाई विमानबाट निकाल्दा सबै यात्रीलाई ओरालियो । सोसल मिडियामा भाइरल भाइरल भएको भिडियोमा केही मानिसले भालुलाई पुनः कार्गोमा हालिरहेको देख्न सकिन्छ । घटनामा कुनै यात्रीलाई चोट पुगेन ।

दुबई विमानस्थलले केही भन्न मानेन
दुबई विश्वकै सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एक हो । यसबारे दुबई विमानस्थलले कुनै पनि जानकारी दिन अस्वीकार गरेको छ । यस्तै, अधिकारीले भालुका मालिकको नाम भन्न पनि चाहेनन् । इराकमा धनाढ्यबीच भालु पाल्ने प्रचलन लगातार बढ्दो छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।