संसदमा एमालेले जे गरिरहेको छ, गलत गरिरहेको छ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय संसदमा जारी अवरोधप्रति असन्तुष्टि जनाएको छ ।

रास्वपाका उपसभापति डोलप्रसाद अर्याल बैठक चल्न नदिने र सूचना टाँसेर बैठक स्थगित गराउने प्रवृति देखा परेको बताउँछन् । ‘संसदमा एमालेले जे गरिरहेको छ गलत गरिराखेको छ’ उपसभापति अर्यालले अनलाइनखबरसँग भने ।

राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन विमानस्थलबाट गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो ।

यस सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गते यता संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक चल्न दिएको छैन ।

संसदको अवरोध खुलाउने विषयमा एमाले बाहेकका रास्वपा र राप्रपालाई समेत छलफलमा बोलाएर सहमति खोज्ने प्रयास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत नगरकोप्रति रास्वपा उपसभापति अर्यालको चित्त दुखाइ छ ।

‘संसदमा रहेका सबै दलहरुलाई विश्वासमा लिएर जाने काम प्रधानमन्त्रीको हो । तर स्वघोषित शीर्ष नेताहरु बसिरहनु भएको छ’ उनी अगाडि भन्छन्, ‘प्रमुख प्रतिपक्षी दलले पनि रास्वपा र राप्रपालाई देखेन । हामी आउँदा गाह्रो हुन्छ भनेर तर्सिनुभयो उहाँहरु ।’

संसदमा जारी अवरोध खुलाउने विषयमा प्रम्रुख तीन दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरु निरन्तर छलफलमा छन् ।

प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रमुख तीन दलका प्रमुख सचेतक र सचेतकहरु दिउँसो १२ बजे सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेका थिए ।

उक्त बैठक दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजेका लागि सार्ने सहमति गर्दै सकिएको थियो ।

दिउँसो साढे ३ बजे शीर्ष नेताहरु पुनः संसद भवनस्थित नयाँ वानेश्वरमा छलफलमा जुटेका थिए । दोस्रो बैठक पनि बिना निस्फल भएपछि सोमबार तय भएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । कुनै पनि छलफलमा प्रमुख तीन दल बाहेकका नेताहरु सहभागी छैनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।