महिला विश्व कप : आज कोलम्बिया र जमैका तथा फ्रान्स र मोरक्को खेल्दै

काठमाण्डौ, साउन २३ । फिफा महिला विश्व कप फुटबलमा आज अन्तिम १६ का अन्तिम दुई खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे कोलम्बिया र जमैका तथा दोस्रो खेलमा बेलुका पौने ५ बजे फ्रान्स र मोरक्कोबीच खेल हुनेछ । आजको खेलबाट अन्तिम ८ मा पुग्ने थप दुई टोलीको टुङ्गो लाग्नेछ ।

आयोजक अष्ट्रेलियासहित ६ टोली इङ्ग्ल्यान्ड, स्वीडेन, नेदरल्यान्ड्स , जापान र स्पेन यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् । सहआयोजक न्युजिल्यान्ड समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि बाहिरिएको थियो । क्वाटरफाइनलका खेल शुक्रवारदेखि शुरु हुनेछन् । महिला विश्व कप अगस्ट २० तारिखसम्म चल्नेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।