दुई अर्बको लागतमा बैजनाथपुरमा क्रिकेट रङ्गशाला बन्छ : मन्त्री लिम्बू

विराटनगर, २४ साउन (रासस) : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माण हुने कुरामा विश्वस्त रहन आग्रह गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले अहिले रङ्गशालाका निम्ति रु तीन करोड बजेट विनियोजन भएको र यसको डिपिआर तयार भइसकेपछि रु दुई अर्ब लागतमा दुई वर्षभित्र अत्याधुनिक रङ्गशाला निर्माण हुने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा गिरिजाप्रसाद कोइरालाको नाममा बत्र लागेको रङ्गशालामा बजेट थोरै भयो भनेर आलोचना नगर्न आग्रह गर्दै मन्त्री लिम्बूले रङ्गशालामा लाग्ने बजेट विनियोजन हुने र रंगशाला बन्ने बताउनुभयो ।

मन्त्री लिम्बूले भत्रुभयो, “क्रिकेट मैदान, स्वीमिङ पुल, कभर्डहल, फुटबल मैदानसमेत निर्माण गर्ने भएकाले बैजनाथपुरको रङ्गशाला खास किसिमको हुने छ ।” मन्त्री लिम्बूले बैजनाथपुरमा रङ्गशाला बन्दा त्यो क्षेत्रका मानिसको रोजगारी बढ्ने र जमिनको मूल्य बढ्नाका साथै मानिसको जीवन स्तरमा पनि सुधार आउने बताउनुभयो ।

चीनमा हुने एसियाली खेलकुदमा भाग लिन नेपाली खेलाडीहरु प्रशिक्षणमा रहेको र सबैले आशा गरे जस्तै आफूले पनि त्यहाँबाट खेलाडीले पदक जित्ने विश्वास व्यक्त गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।