बालेनलाई जुम्ला र मलाई काठमाडौंमा सरुवा गरेर हेरौं न त :मेयर राजुसिंह कठायत

काठमाडौं, २५ साउन । जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत नेपाली कांग्रेस प्रवेश गरेका छन् । एक वर्षअघिको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी कठायतले आफूलाई कांग्रेस प्यारो लागेर नै पार्टी प्रवेश गरेको बताए ।

‘कांग्रेस प्यारो लाग्थेन भने म पहिले नै माओवादी, समाजवादीको चिह्न लिएर उठिहाल्थेँ नि । मेरा साथीहरु, मित्रहरु त्यहाँ छन् भनेर नै उठेको हो । जहाँ अन्याय हुन्छ, त्यहाँ स्वतन्त्रहरु उठ्छन् । नेपाली कांग्रेस पार्टी त नराम्रो होइन, दुईचारजना व्यक्तिका कारण मैले स्वतन्त्र उठ्नुपरेको हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

मेयर कठायतले आफूलाई नेपाली कांग्रेस प्रवेश गरेपछि काम गर्न अझै सहज हुने बताए । उनले थपे, ‘तीनचोटिसम्म अन्याय सहनु त्यसपछि नसहनु भन्ने बीपी कोइरालाको सिद्धान्त अनुसार म स्वतन्त्र उठें । जनताले मलाई अवसर दिए । मलाई हिजो स्वतन्त्र हुँदा पनि सहज थियो । कांग्रेस प्रवेश गरेपछि मलाई काम गर्न झन् सहज हुन्छ । तर म कसैको दबाबमा पार्टीमा फर्किएको होइन ।’

जुम्लामा आफूलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जस्तो बन भन्नेहरु धेरै रहेको पनि कठायतले सुनाए । उनले भने, ‘मलाई धेरैले बालेन जस्तो बन् न भने । मैले के भन्ने गरेको छु भने, स्थानीय सरकारमा जनप्रतिनिधिको सरुवा हुँदैन । सरुवा गर्ने हो भने मलाई काठमाडौं पठाऊँ, बालेनलाई जुम्ला ल्याऊँ । काठमाडौंमा हजारौं जनशक्ति, खर्बौं बजेट छ । हामीसँग केही पनि छैन । अनि कसरी बालेनजस्तो बन्ने ?’

मेयर कठायतले आफू अन्तरात्मादेखि नै चन्दननाथको विकासमा लागेको पनि बताए । उनले भने, ‘कोही पैसा खाने भनेर नेता बनेका हुन्छन्, म अन्तरात्मादेखि नै केही गर्छु भन्ने नेता हुँ । देशभरिका ७५३ पालिकामध्ये चन्दननाथ उत्कृष्ट छ । ७०, ७५ प्रतिशत भ्रष्टाचार हटाउन सफल भएका छौं । जडीबुटी, पर्यटन, सरसफाइबाट चन्दननाथलाई स्वीटजरल्यान्ड बनाउन सकिन्छ भनेर लागेको छु ।’ स्थानीय स्तरमै रोजगारी सिर्जना गरेर जुम्लीलाई जिल्ला फर्काउने मिसनमा आफू रहेको पनि उनले सुनाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।