ललिता निवास प्रकरणमा माधव नेपालको संलग्नता देखियो भने उहाँले हत्कडी लगाउन तयार छु भन्नुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी वैचारिक र संगठानिक रुपमा रुपान्तरण हुन लागेको स्पष्ट पारेका छन् । उनले आफूहरु नीति निर्माणको तहमा पुगेको बताए ।

आफूहरुले गरेको विद्रोहलाई पुष्टि गर्न र संस्थागत गर्न यही वर्षको अन्तिमतिर महाधिवेशन गर्ने तयारी भएको पनि उनको भनाई छ । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले पार्टीमा नेतृत्वको कुरा मुख्य विषय नभएको बताए ।

पार्टी स्थापनाको दुई वर्ष पूरा हुँदै गर्दा आफूहरुबाट थुप्रै कमिकमजोरी भएको उनको स्विकारोक्ति छ । उनले गलत काम गरेको भए जतिसुकै ठूलो पदको व्यक्ति भएपनि छानबिनको दायरामा आउनुपर्ने बताए । नेता खनालले ललिता निवास प्रकरणमा पार्टीका अध्यक्ष माधवकुमार नेपालको संलग्नता देखिए पार्टीले नबचाउने स्पष्ट पारे ।

उनले आफूले गलत गरेको भए हत्कडी लगाउन तयार रहेको भन्दै पार्टी अध्यक्ष माधव नेपालले पनि गलत गरेको भए हत्कडी लगाउन तयार छु भनेर भन्नुपर्ने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖