हामीलाई सुध्रिने अन्तिम मौका छ :कांग्रेस नेता

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद डा. नारायण खड्काले प्रमुख प्रतिपक्ष नेकपा एमालेले सुन तस्करीमा झारा टार्ने हिसाबले उच्चस्तरीय छानबिन समितिको रटान लगाइरहेको आरोप लगाएका छन् ।

‘एमालेले उच्चस्तरीय छानबिन समितिको नाममा निरन्तर सदनलाई बन्धक बनाइरहेको छ । यो माग सरकारलाई कामै दिन नदिने, सुन तस्करीको अनुसन्धानलाई धमिल्याउने, ढाकछोप गर्ने र झारा टार्ने सोच पनि हुन सक्छ । सीआईबीलाई एक चरण काम गर्न दिएर चित्त नबुझे शक्तिशाली समिति पनि बनाउन सकिएला । यहाँ कति समितिका रिपोर्ट धुलो खाएर बसेको हामीलाई थाहा छैन र ? सीआईबीजस्ता सरकारी संयन्त्रलाई नै शंका गर्ने हो भने विघटन गरिदिए भैहाल्यो नि,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

डा. खड्काले नेताहरुलाई जनताले सुध्रिने अन्तिम मौका दिएको पनि बताए । उनले थपे, ‘अब जनता विद्रोही भइसकेका छन् । असन्तोष र निराशा विद्रोहको चरणमा पुगिसकेको छन् । नेताहरु, दलहरु र प्रणालीप्रतिको विश्वासमा ह्रास आइसकेको छ । यसलाई कुनै अधिनायकवादी, उग्र भाषणबाजको क्यास गर्न सक्छ । हामीलाई सुध्रिने अन्तिम अन्तिम मौका छ ।’

उनले कानुनीभन्दा पनि नैतिक शक्ति बिना बोल्नुको कुनै अर्थ नरहने पनि औंल्याए । डा. खड्काले भने, ‘संसदमा राजीनामा माग्ने भन्ने कुरा हुन्छन् नै । तर त्यो विषय उठाउने बित्तिकै प्रतिशोधको भावना राख्नुपर्छ भन्ने छैन । जतिसुकै ठूला र चर्का कुरा गरे पनि छातीमा हात राखेर भन्न सक्नुपर्छ । कुनै कुरा बोल्नलाई कानुनीभन्दा पनि नैतिक शक्ति चाहिन्छ ।’

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ प्रकरण कांग्रेसको निष्पक्षता र पारदर्शितालाई नै स्पष्ट पारेको दाबी गरे । उनले भने, ‘पक्राउ पर्नेबित्तिकै दोषी भन्न मिल्दैन । सीआईबीले आवश्यक छानबिन गर्ला । कांग्रेस ढाकछोप गर्ने पार्टी होइन । यसबाट पार्टीको संरक्षणभन्दा पनि निष्पक्षता र पारदर्शिता नै देखिन्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।