सुनिल शर्माले लगाए केपी ओली जिन्दावादको नारा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले रिहा भएसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । शर्मा पक्राउ परेको दोस्रो दिनमा नै थुनामुक्त भएका हुन् । थुनामुक्त भएपछि शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको फेरि राजीनामा मागेका छन् ।

उनले प्रधानमन्त्री पुष्कमल दाहालको भूमिकालाई लिएर पनि आलोचना गरेका छन् । उनले भने,‘त्यति सारो बैगुनी पनि हुनु हुँदैन । नेपालको इतिहासमा सुनिल शर्मा, शेखर कोइराला, कृष्ण इच्छुक, महेश्वर दाहालजस्ता मानिस नभएको भए आज पनि उहाँ जंगलमा हुनुहुन्थ्यो । पहिलो वार्ता गराउने मान्छे हामी हो । हामीले लगाएको गुनको पैँचो हतकडी लगाएर दिनुभएको छ । यसका लागि धन्यवाद भन्न चाहन्छु । पावरको उन्माद हो यो ।’

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग एक सेकेण्ड पनि पदमा बस्ने अधिकार नभएको भन्दै राजीनामा मागे । उनले गृहमन्त्रीलाई नहटाए अहिलेको सरकार ढल्ने पनि चेतावनी दिएका छन् । उनले भने,‘यस्तो आतंककारी गृहमन्त्रीले एक मिनेट, एक सेकेन्ड सत्तामा बस्न मिल्दैन । प्रधानमन्त्री यदि गृहमन्त्री टिकाउन लाग्नुभयो भने सरकार ढल्छ ।’

शर्मा माओवादी केन्द्रसँग नै आक्रोशित बने । उनले कांग्रेसले माओवादीसँगको गठबन्धन नै तोड्नुपर्ने धारणा राखे । आफूले अब त्यसको लागि पहल गर्ने उनको संकेत थियो । उनले भने,‘यसरी नै गृहमन्त्रीले एक बाइ एक गरेर हाम्रा नेतालाई धुलो चटाउँदै जाने र हाम्रो पार्टी अलाइन्स गरिरहने हो भने पार्टी सकिन्छ । तत्काल पुनर्विचार गर्नुपर्छ ।’

उनले आफूलाई रिहा गर्नको लागि एमालेले खेलेको भूमिकाको भने प्रशंसा गरे । उनले नेताहरु शेखर कोइराला, गगन थापासँगै केपी ओलीको नाम लिएर जिन्दावादको नारासमेत लगाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖