सीआईबीसँग प्रधानमन्त्री प्रचण्डको बयान लिने हिम्मत छ ? :एमाले सांसद राई

काठमाडौं, २८ साउन । नेकपा एमालेका सांसद र पूर्वमन्त्री राजेन्द्र राईले सदनको अवरोध सत्तापक्षले नै गरेको आरोप लगाएका छन् ।

‘सदनको अवरोध हामीले गरेका होइनौं । सरकारले नै अवरोध गरेको हो, कहिले खुलाउने त्यो सरकारकै जिम्मामा छ । सुनकाण्डको सत्यतथ्य पत्ता लगाऊँ भन्दा संसद अवरोध गरेको भन्न मिल्छ ? हामी त उच्चस्तरीय छानबिन समिति बनाएर तत्काल सदन खोल्न लागिपरेका छौं । सदन खोल्ने नखोल्ने सरकारकै दायित्व हो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको संवादमा उनले भने ।

सांसद राईले सुन तस्करीमा सरकार नै मुछिएकाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गर्न नसक्ने ठोकुवा गरे । उनले भने,’ यो भ्रष्ट सरकार हो । होइन भने सुनकाण्डको सत्यतथ्य पत्ता लगाऊँ भन्दा ऊ किन भाग्नु ? किन डराउनु ? सुनकाण्डमा सरकार नै दोषी छ ? सीआईबी भनेको सरकार अन्तर्गतको निकाय हो । सीआईबीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको बयान लिने हिम्मत छ ?’ साथै उनले छानबिन समिति नबनाएसम्म सदन नचल्ने बताए ।-रिपोर्टर्स नेपाल

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।