एसिया कप क्रिकेट : भारतका पाँच र पाकिस्तानका चार ‘कमिन्टेटर’

काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले यसै महिना सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिताका लागि १२ जना ‘कमिन्टेटर’ को नाम सार्वजनिक गरेको छ । एसिया कप क्रिकेटको १६ औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ ।

एसीसीले उक्त प्रतियोगिताका लागि भारतका पाँच र पाकिस्तानका चारजना पूर्वक्रिकेटरलाई ‘कमिन्टेटर’ को रुपमा चयन गरेको छ । एसीसीलेसार्वजनिक गरेको ‘कमिन्टेटर’ को सूचिमा बंगलादेश र श्रीलंकाका एक—एकजना पूर्वक्रिकेटर पनि छन् ।

एसिया कप प्रतियोगिताका क्रममा क्रिकेटप्रेमीले भारतका पूर्वखेलाडी रवी शास्त्री र पाकिस्तानका रमिज राजाको आवाज पनि सुन्न पाउने छन् । शास्त्री भारतीय टोलीका पूर्वप्रशिक्षक पनि हुन् । रमिज राजा भने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का पूर्वअध्यक्ष हुन् ।

यसैगरी पाकिस्तानका दुई चर्चित पूर्वक्रिकेटर वसिम अकरम र वकार युनिसलाई पनि आगामी एसिया कपका लागि ‘कमिन्टेटर’ का रुपमा चयन गरिएको छ । अकरम र युनिस दुबै आफ्नो समयका प्रभावशाली तिब्रगतिका बलर हुन् ।

एसीसीले न्युजिल्यान्डका पूर्वअलराउन्डर स्कट स्टाइरिजलाई पनि आगामी एसिया कपका लागि ‘कमिन्टेटर’ का रुपमा चयन गरेको छ । तर, स्टाइरिजले एक वक्तब्य जारी गर्दै आफ्नो ब्यक्तिगत कारणले एसिया कपमा उपस्थित हुन नसक्ने बताएका छन् ।

आगामी एसिया कपका लागि एसीसीले सार्वजनिक गरेको ‘कमिन्टेटर’ को सूचिमा भारतबाट रवी शास्त्री, गौतम गम्भिर, दिप दासगुप्ता, ईरफान पठान र सञ्जय मान्जरेकरको नाम छ । पाकिस्तानबाट रमिज राजा, वसिम अकरम, वकार युनिस र बाजिद खानको नाम रहेको छ ।

यसैगरी बंगलादेशबाट अथर अली खान र श्रीलंकाबाट रसेल आर्नोल्डको नाम एसिया कपको ‘कमिन्टेटर’ का रुपमा सार्वजनिक गरिएको छ । न्युजिल्यान्डबाट स्कट स्टाइरिजको नाम सूचिमा समावेश गरिए पनि उनी ब्यक्तिगत कारणले आगामी एसिया कपमा अनुपस्थित रहने छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖