ओलीको संकेत : पूर्व राष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन सक्ने

काठमाडौं,२८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किनसक्ने संकेत गरेका छन् ।

आइतबार पार्टीको समसामयिक धारणा सार्वजनिक गर्न गरिएको विशेष पत्रकार सम्मेलनमा पत्रकारहरुले गरेको प्रश्नको जवाफ दिँदै ओलीले पूर्व राष्ट्रपति भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको निर्वाचित उपाध्यक्ष भएको बताए । उनले एमालेकोतर्फबाट राष्ट्रपति बनेको र पूर्व एमाले उपाध्यक्ष भएको कारणपनि राष्ट्रपतिबाट बाहिरिएपछि नेताहरुले भेट्नु सामान्य भएको बताए । उपाध्यक्ष विष्णु पौडेलले भेटेको बारे पत्रकारले सोधको प्रश्नमा ओलीले राजनीतिज्ञको रुपमा आफुले पनि भेटेको खुलासा गरेका छन् ।

‘हामी मध्ये कसैले भेट्नु, कुरा गर्नु ठूलो कुरा होइन नि । विष्णु पौडेलजीले मात्र होइन, मैले पनि कुरा गरेको छु, अरुले पनि कुरा गर्नु भएको छ’ उनले भने, ‘यस्तो विषयलाई कार्ड छपाएर लिएर जानु भयो रे त, पार्टीमा आइदिनुपर्यो भनेर निम्ता गर्नुभयो भन्ने यो खालको प्रयासहरुलाई मलजल नगर्दा राम्रो हुन्छ ।’

७ वर्ष लामो राष्ट्रपतिको भूमिका निर्वाह गरेर रिर्टायड बनेकी भण्डारी पछिल्लो समय एमालेको राजनीतिमा फर्किने चर्चा बोलाबखत चल्ने गरेको छ । विभिन्न कार्यक्रममा बोल्दै एमाले नेताहरुले मात्र हैन स्वयं पूर्व राष्ट्रपति भण्डारीले पनि राजनीतिमा फर्किने संकेत गरिसकेकी छन् ।

एमालेमा रहेका दोस्रो तहका नेताहरु डा.विमला राई पौड्याल,कर्णबहादुर थापा,विष्णु पौडेल, शेरधन राई, विष्णु रिमाल, सुजिता शाक्यलगायत भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा ल्याउने र पार्टी अध्यक्ष बनाउँदै देशकै पहिलो महिला प्रधानमन्त्री बनाउनेगरि लागेको गाईँगुईँ चल्ने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।