सरकार विरुद्ध आवाज उठाउँदा मुख बन्द गराउन सुनिल शर्मालाई गिरफ्तार गरियोः केपी ओली

काठमाडौं,२८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारकोविरुद्धमा बोल्दा सांसदहरुलाई पक्राउ गरेर सरकारले लाचारीपन देखाएको आरोप लगाएका छन् ।

आइतबार समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न गरिएको विशेष पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको बचाउ गर्दै सरकारको विरोध गर्नेलाई मुख बन्द गराउन पुरानो केस बल्झाएर गिरफ्तारी गराएको बताए ।

‘सुनिल शर्माको गिरफ्तारी र उनको सर्टिपिकेटको बारेमा म जाँचकी पनि हैन,उनको सर्टिपिकेट नजाँच भनेर हामीले सरकारलाई भनेका छैनौं’ ओलीले भने ‘यतिबेला जाँच गर्नुपर्यो जतिबेला सुनिल शर्माले मन्त्रीको राजीनामा मागे,सुन बरामद प्रकरणको जरेसमेत छानबिन हुनपर्छ भने । २५-३० वर्ष अगाडिको कुरालाई लिएर एउटा कार्यकर्तालाई उजुर हालन लगाएर जननिर्वाचित सांसदलाई गिरफ्तार गर्दा सधामुखलाई जानकारी गराउन पर्देन?’ ओलीले प्रश्न गरे ।

ओलीले छानबिन भएर दोषि प्रमाणितनै नभई जननिर्वाचित सांसदलाई पक्राउ गर्नु सरकारले विपक्षीको मुख बन्द गराउने काम बाहेक अरु केही नभएको दाबी गरे ।

उनले मेडिकल कलेजसमेत चलाइरहेका सांसद शर्मा जस्तो सांसद देश छाडेर भाग्न नसक्ने बताए। ‘हतार हतार उनलाई पक्राउ गरेर गिरफ्तार गर्नुपर्ने किन?’, उनले भने, ‘अहिले सरकारले बाहिर अनेक प्रकारका स्टन्ट गरेको छ। सुनिल शर्माको सर्टिफिकेटको म जाँचकी होइन, हामीले सर्टिफिकेट नजाँच भनेका छैनौँ। तर यति बेला सुन तस्करी र ललिता निवास छाडेर सरकार एउटा व्यक्तिसँग रिसइबी साँध्न लागेको छ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।