शिक्षा ऐनका लागि दबाब दिँदै ८ विद्यार्थी संगठनले गरे आन्दोलन घोषणा

काठमाडौं । शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गर्न माग र शिक्षा ऐन ल्याउन दबाब दिँदै ८ विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै ती संगठनले आन्दोलन घोषणा गरेका हुन् । विश्वविद्यालयमा राजनीतिक भागबन्डाको अन्त्य गर्दै कुलपतिदेखि, क्याम्पसका पदाधिकारी खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्त‍ि गरिनुपर्ने, शिक्षित जनशक्ति बेरोजगार हुनुपर्ने र शिक्षाका नाममा प्रतिभा र पूँजी पलायन रोक्नुपर्ने, विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई एकरूपतामा निर्माण गरी अनिवार्य कार्यान्वयन गर्न माग गरिएको अखिल क्रान्तिकारीका प्रवक्ता उपदेश यादवले जानकारी दिए ।

नयाँ शिक्षा ऐन आउन नसक्नु, एकाएक विद्यालय शिक्षा ऐन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बाहिरनु, बाहिरिएको प्रस्तावित ऐनले नेपाली विद्यार्थी आन्दोलनको मागहरूलाई आधारभूतरूपमा सम्बोधन नगर्नु, निजी शैक्षिक संस्थाले विद्यार्थीको भविष्यमा समेत खेलबाड गर्ने गरी विद्यालय बन्दसम्म गर्ने गरि आन्दोलनको घोषणा गर्नु, शिक्षकहरुले स्वतः स्थायीको मागसहित आन्दोलनको घोषणा गर्नु, ऐन कानून बनाउने संसद अवरोध भइरहनुजस्ता गतिविधिप्रति आन्दोलन केन्द्रित हुने यादवको भनाइ छ ।

आन्दोलनको कार्यक्रमअन्तर्गत आज पत्रकार सम्मेलन, ३१ गते प्रदर्शन, भदौ १ देखि ४ सम्म स्थानीय तह, प्रदेश र संघिय सरकार लाई ज्ञापनपत्र बुझाउने, ६ गते शैक्षिक पत्रकारहरुसँग भेटघाट अन्तरक्रिया गर्ने, ८ गते विज्ञ र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गर्नेलगायतका कार्यक्रम छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।