उच्चस्तरीय छानबिन समिति गठन गर्न प्रचण्ड तयार नभए कांग्रेसले समर्थन फिर्ता लिनुपर्छः प्रदीप पौडेल

काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सुन बरामद प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।

आइतबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै पौडेलले एक क्विन्टल सुन बरामद प्रकरणको सत्यतथ्य छानबिन गरि दोषिलाई कारबाही गर्न छानबिन समिति गठन गर्नुपर्ने बताए । उनले समिति गठन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माओवादी केन्द्र तयार नभए कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताए ।

पौडेलले भने,‘प्रधानमन्त्री र गृहमन्त्री छानबिनका समिति गठन गर्न तयार हुनुहुन्न । यो देख्दा उच्च तहसम्म संलग्नता भएको देखिन्छ । अब छानबिन समितिको प्रस्ताव कांग्रेसले नै गर्नुपर्छ । यदी उहाँहरू तयार भएर प्रचण्ड नेतृत्वको सरकारमाथि दिएको समर्थन फिर्ता लिनुपर्छ’ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।