नेकपा एसमा निरन्तर पहिरो, तीन दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका युवा संघ अनुशासन आयोगका अध्यक्ष एवम् भक्तपुर जिल्ला सचिवालय सदस्य दिपक थापा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममार्फत् पार्टीमा स्वागत गरेका हुन् ।

नेता थापासहित युवा संघ केन्द्रीय सचिवालय सदस्य एवम् भक्तपुर जिल्ला इञ्चार्ज तेजबहादुर श्रेष्ठ, युवा संघ केन्द्रीय सचिवालय सदस्य युवराज खड्का लगायत ३६ जना नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् ।

पछिल्लो समय नेकपा एसका नेता कार्यकर्ता एमालेमा फर्किने क्रम बढ्दो छ । शनिबार मात्रै पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर एमाले फर्किएकी थिइन् ।

उनीसहित एमाले प्रवेश गर्ने नेकपा एसका केन्द्रीय सदस्यको संख्या ३१ पुगेको थियो । एमालेबाट विभाजन हुनुको औचित्य पुष्टी गर्न नसकेको भन्दै नेकपा एसका नेता कार्यकर्तामा बढ्दो निराशा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।