एमालेमा मणि थापाको खोजी

काठमाडौं । नेकपा एमालेमा स्थायी कमिटी सदस्य मणि थापाको खोजी भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले थापाको निष्क्रियताप्रति पार्टी नेतृत्वले चासो राखेको हो ।

नेता थापा व्यक्तिगत कामले भन्दै पार्टी महासचिव शंकर पोखरेललाई जानकारी गराएरै बिदा बसेका थिए । थापाबारे पार्टीभित्र खोजी भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनले भने, ‘स्पष्टीकरण नै भनेर सोधिएको छैन । तर, लामो समयदेखि निष्क्रिय भएकाले उहाँको बारेमा महासचिवले खोजी गर्ने भन्ने भएको छ ।’

उनीप्रति एमाले अध्यक्ष केपी शर्मा ओली पनि सन्तुष्ट छैनन् । पूर्वमाओवादी धारका नेता थापा नेकपाको एकता भंग भएको बेलामा एमाले रोजेका थिए ।

काभ्रेमा आयोजित एक कार्यक्रममा थापाले एमाले दक्षिणपन्थी पार्टी भएको अभिव्यक्ति दिएपछि ओली चिढिएका थिए । त्यो अभिव्यक्तिप्रति ओली पनि सन्तुष्ट नभएपछि नेता थापा पुनः एमालेमा सक्रिय हुने सम्भावना नरहेको उनीनिकट स्रोतले बतायो ।

नेता थापाले आफू व्यक्तिगत कामको कारणले पार्टीबाट बिदा बसेको बताए । तर, अहिलेसम्म पार्टीले आफूलाई अहिलेसम्म कुनै स्पष्टीकरण नसोधेको उनको जवाफ छ ।

तपाईंलाई पार्टीले स्पष्टीकरण सोधेको हो ? भन्ने नेपाल प्रेससँग प्रश्नमा उनले भने, ‘अहिलेसम्म मलाई कुनै पत्र आएको छैन। त्यसबारे मलाई थाहा छैन ।’ त्यसो त उनले एमाले छाडेर अर्को पार्टी प्रवेश गर्नको लागि बिदा नबसेको उनको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖