लगातार छैटौं खेलमा मेसीको गोल, इन्टर मियामी फाइनलमा

काठमाडौं । कप्तान लिओनल मेसीले आफ्नो लय कायम राख्दै लगातार छैटौं खेलमा गोल गर्दा उनको टिम इन्टर मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान भएको सेमिफाइनलमा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ४-१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

लियोनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी टोली जारी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

इन्टर मियामीले अब उपाधिका लागि मोन्टेरे र नासभिल एससीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

चेस्टरस्थित सुबरु पार्कमा भएको खेलमा इन्टर मियामीका लागि मेसीसँगै जोसेफ मार्टिनेज, जोर्दी अल्वा र डेविड रुइजले गोल गरे ।

फिलाडेल्फियाका लागि अलेजान्द्र बेडयाले एक गोल फर्काए ।

यसै सिजन अमेरिकन क्लब पुगेका मेसीले लिग कपमा खेलेका ६ वटै खेलमा लगातार गोल गरेका हुन् । उनले ६ खेलमा ९ गोल गरिसकेका छन् र सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् ।

सन् २०१८ मा स्थापना भएको इन्टर मियामी पहिलो पटक कुनै पनि प्रतियोगितामा फाइनल पुगेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।