म्याक डोनाल्डपछि ‘बर्गर किङ’ को मेनुबाट हट्यो गोलभेडा

एजेन्सी । भारतमा गोलभेडाको मूल्य अत्याधिक वृद्धि भएपछि अन्तर्राष्ट्रिय फास्टफूड चेनहरुले यसको प्रयोग नै घटाएका छन् । समाचार संस्था बीबीसीका अनुसार भारतमा ‘बर्गर किङ’ ले आफ्नो मेनुबाट गोलभेडा हटाएको हो ।

कम्पनीले भारतीय बजारमा गोलभेडाको मूल्य अत्याधिकरुपमा वृद्धि भएपछि आफ्ना खानाको मेनुबाट हटाइएको हो । मेनुबाट गोलभेडा हटाएपछि कम्पनीले भनेको छ, ‘अकल्पिनियरुपमा बढेको गोलभेडाको गुणस्तरलाई ध्यानमा राखेर मेनुबाट हटाइएको छ ।’

अन्तर्राष्ट्रिय फास्ट फुड चेनमा बर्गर किङ दोस्रो कम्पनी हो, जसले आफ्नो मेनुबाट गोलभेडा नै हटाइदिएको छ । यसअघि म्याक डोनाल्डले समेत मेनुबाट गोलभेडा हटाएको थियो । म्याक डोनाल्डले समेत गुणस्तरमा प्रश्न उठाउँदै गोलभेडालाई आफ्नो बर्गरबाट हटाएको थियो ।

यही साता अमेरिकी चेन स्यान्डविच ‘सबवे’ ले समेत आफ्नो स्यान्डविचबाट गोलभेडा हटाइसकेको छ । भारतमा गर्मी र बाढी लगायतका कारणले गोलभेडाको उत्पादन प्रभावित बन्दा मूल्य बढेर २५० भारु प्रतिकिलोसम्म पुगेको छ ।

गोलभेडाको मूल्य अत्याधिक बढेपछि भारतले नेपालबाट आयात सुरु गरेको समेत बीबीसीले उल्लेख गरेको छ । आन्तरिक ‘सप्लाई चेन’ नै खलबलियपछि बर्गर किङले आफ्नो वेभसाइटमार्फत गोलभेडा आफ्नो मेनुमा नरहनुको कारण खुलाएको समाचारमा उल्लेख गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।