आफु बढुवा हुन सिटिजन्स बैंकका कर्मचारीले पेश गरेका थिए नक्कली शैक्षिक प्रमाणपत्र

काठमाडौँ । सिटिजन्स बैंकका ७ जना कर्मचारी नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा थुनामा छन् । साउन २९ मा प्रहरीले भैरहवा, सिमरा र काठमाडौँबाट ६ जनालाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा थप एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा बुटवलस्थित ड्राइभरटोल शाखामा कार्यरत मनिषा मास्के, मनिग्राम शाखामा कार्यरत गोमा ज्ञवाली, कालिका नगर शाखामा कार्यरत कल्पना खत्री र प्रतिक्षा रेग्मी छन् । बुटवल शाखाका खिमानन्द गौतम, काठमाडौँमा कार्यरत दिपक विष्ट र रुपन्देहीका दलबहादुर पुनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ गरिएका कर्मचारीहरु बैंकमा बढुवा हुँदै थिए । बढुवा प्रयोजनका लागी उनीहरुले पेश गरेको बिकमको सर्टिफिकेट बारे शंका लागेपछि बैंकले ती प्रमाणपत्रको आधिकारिकताबारे त्रिभुवन विश्वविद्यालयलाई पत्र लेखेर सोधेको थियो । बैंकले शंका लागेर सोधेको १९ थान सर्टिफिकेटमध्ये १० जनाको ‘नक्कली’ भेटिएपछि त्रिभुवन विश्वविद्यालयले प्रहरीलाई जानकारी गराएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी निरन्जनदत्त भट्टका अनुसार आरोपितहरुले त्रिभुवन विश्वविद्यालयले दिने समकक्षतापत्र किर्ते गरेको भेटिएको छ । पक्राउ परेका कर्मचारीले भारतको गोरखपुर, हिमाञ्चल प्रदेश र नयाँ दिल्लीबाट प्रमाणपत्र ल्याएका थिए ।

ती प्रमाणपत्रसँगै उनीहरुले पेश गरेको समकक्षता पत्रबारे त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्रले प्रहरीलाई पठाएको पत्रमा भनिएको छ– ‘समकक्षतापत्र किर्ते गरेको देखिन्छ ।’

आरोपीहरुविरुद्ध सरकारी लिखत किर्ते कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी भट्टले जानकारी दिए । त्रिविले नक्कली प्रमाणपत्र पुष्टि गरेको मध्येका ३ जना फरार छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।