प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध तीनवटा उजुरी

काठमाडौं । संवैधानिक परिषदबाट सिफारिस भएका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका छन् । संघीय संसद सचिवालयका अनुसार प्रस्तावित प्रधान न्यायधीश विरुद्ध एसके तिमिल्सेनासहित तीन जनाको उजरी परेको हो ।

दुई वटा इमेलबाट र एउटा भौतिक रुपमै उपस्थित भएर समितिमा उजुरी गरेको संघीय संसद सचिवालयका प्रवक्ता एवम सहसचिव एकराम गिरीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार आइतबार बिहान साढे १० बस्ने संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध परेका उजुरी खोलिने छ । संसदीय सुनुवाई समितिले १० दिन अघि उजुरी आव्हान गरेको थियो । उजुरीका लागि दिइएको १० दिनको समयसिमा शुक्रबार सकिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।