विश्वासको मत लिने सम्भावना देखिएन : मुख्यमन्त्री थापा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिने सम्भावना नहरेको बताएका छन् ।

विराटनगरस्थित होटल स्टर्नस्टारमा आयोजित सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।

आफैंले बोलाएको बैठक उपसभामुखले दिएको समय रहेको बताउदै उनले भने,‘ उहाँ नै अनुपस्थित हुनुभयो । उहाँले आज बिहान ९ बजेतिर जानकारी दिनुभयो,’ आफैंले बोलाएको बैठकमा उपसभामुख नहुँदा के गर्ने भन्ने निर्णय कार्य व्यवस्था परामर्श समितिले निर्णय गर्ने उनले बताए ।

उनले भने,’आजै विश्वासको मत लिने सम्भावना देखिएन । सल्लाह गरेर अर्को दिनलाई निश्चित गरेर हामी अगाडि बढ्छौं ।’यद्यपि कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर त्यसबारे औपचारिक निर्णय गर्ने उनले बताए । ‘कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर के गर्ने भन्ने निर्णय हुन्छ,’ उनले भने ।

थापाले बजेट प्रतिस्थापन गरेर अगाडि बढ्ने पनि बताए । बजेट प्रतिस्थापन गर्नका लागि आगामी भदौ १० गतेसम्म समयावधि रहेको छ । उनले विश्वासको मत लिने विभिन्न तरिका र उपायाहरु रहेको बताउँदै आफूले निर्धारित समयमै विश्वासको मत पाउने पनि दाबी गरे । ‘विश्वासको मत लिने सम्बन्धमा हामीलाई ३० दिनको समय दिएको छ । त्यो अवधिभित्र विश्वासको मत लिन्छौं,’ थापाले भने ।

प्रदेशमा प्रदेशसभाभित्र रहेका दलहरुका बीचमा सहमति, सहकार्य र एकता गरेर प्रदेशको स्थायीत्व दिन र विकासका काम मिलेर गर्न आफूहरुले उदारता अपनाए पनि एमालेले एउटा भनेर अर्को काम गरेको उनले टिप्पणी गरे । ‘एमालेले सल्लाह एउटा गर्ने, कुरा एउटा गर्ने काम अर्को गर्ने भयो । विश्वासको मत लिने समयमा अनुपस्थिति हुने हो भने आफैंले किन समय दिएको ? समय नदिएको भए हुन्थ्यो नि ?,’ थापाले भने । उनले उपसभामुख सिर्जना दनुवारले संसदीय व्यवस्थाभित्र द्वन्द्व सिर्जना गर्न खोजेको र अलोकतान्त्रिक कदम चालेको पनि दाबी गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।