पहिल पटक एसियन च्याम्पियन्स लिग खेल्दै रोनाल्डो, तहल्का मच्चाउने योजना !

एजेन्सी – एएफसी च्याम्पियन्स लिगको समूहचरणमा स्थान बनाउन साउदी क्लब अल नासरले आज राति दुबई क्लब शाबाब अल-अहलीको सामना गर्दैछ। एएफसी च्याम्पियन्स लिगको प्लेअफ राउन्डमा अल नासरले शाबाब अल-अहलीको सामना गर्न लागेको हो।

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अल नासरलाई एएफसी च्याम्पियन्स लिगको समूहचरणमा पुर्याउन सक्दो प्रयासमा हुनेछन्। युइएफए च्याम्पियन्स लिग पाँच पटक जितिसकेका रोनाल्डो आज राति पहिलो पटक एसियाली फुटबलको प्रिमियम क्लब प्रतियोगितामा सहभागी हुनेछन्।

रोनाल्डोले साउदी प्रो लिगको नयाँ सिजनको पहिलो खेल गुमाएपनि दोस्रो खेल भने खेलेका थिए। रोनाल्डोले शाबाब अल-अहली विरुद्धको खेल खेल्नेछन्। नियमका आधारमा एएफसी च्याम्पियन्स लिगका लागि एक टोलीले मात्रै पाँच गैर एसियाली खेलाडी मात्रै राख्न सक्छन्।

अल नासरले रोनाल्डो, माने, ब्रोजोभिक, एलेक्स टेल्स र सेको फोफाना गरी पाँच गैर एसियाली खेलाडीलाई मैदानमा उतार्न सक्छ। महत्वपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गर्ने रोनाल्डोले चमत्कार गर्ने आशा अल नासरले राख्नेछ। दुई क्लब बीचको खेल नेपाली समय अनुसार रातको ११ बजेर ०५ मिनेटमा सुरु हुनेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।