महिला खेलाडीलाई चुम्बन गरेका स्पेनिस फुटबल संघका अध्यक्ष राजीनामा दिने तयारीमा

म्याड्रिड । महिला खेलाडीलाई चुम्बन गरेपछि विवादमा आएका स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियालेस राजीनामा दिने तयारीमा छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले विश्व फुटबल महासंघ (फिफा)ले अनुशासनसम्बन्धी छानबिन थाल्नुअघि रुबियालेस पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको उल्लेख गरेका छन् ।

डेलीमेल, गार्जियन, टेलिग्राफ जस्ता अन्तर्राष्ट्रिय मिडियाहरुले छानबिनलाई सहयोग पुर्‍याउन रुबियालेसले पद छाड्न लागेको दाबी गरेका छन् ।

महिला विश्वकप फुटबलको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई हराएर पहिलोपटक विश्व विजेता बनेपछि रुबियालेसले जेन्नी हर्मोसोलाई बधाई दिँदै चुम्बन गरेका थिए । त्यसयता ४६ वर्षीय रुबियालेसको आलोचना हुँदै आएको छ ।

स्पेनले इङ्ल्यान्डलाई हराएपछि रुबियालेसले आफ्नो यौनाङ्गतिर हात लगेर अनुशासनविपरीत हर्कत गरेको आरोप पनि लगाइएको छ ।

विश्वकप जितेपछि स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेजसँग टोलीले गरेको भेटमा रुबियालेस पनि सहभागी थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।