बेलिङह्यामको निर्णायक गोलमा रियल विजयी

मड्रिड । इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिङह्यामको निर्णायक गोलको मद्दतले रियल मड्रिडले स्पेनिस ला लिगामा आफ्नो शतप्रतिशत नतिजा कायम राखेको छ । शुक्रबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई १–० गोलले हराएको हो ।

खेलको ८१ औँ मिनेटमा बेलिङह्यामले जोसेलुको पासमा गरेको गोल खेलमा निर्णायक बनेको थियो । पछिल्ला तीन खेलमा उनको यो चौथो गोल पनि हो ।

सेल्टाले खेलको सुरुवातमा नै अग्रता बनाउने अवसर पाएको थियो । तर, जोर्गन स्ट्रान्ड लार्सनको गोललाई भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेका थिए । दोस्रो हाफमा रियलले पेनाल्टीबाट अग्रता लिने अवसर पाएको थियो । तर, रोड्रिगोको प्रहार सेल्टाका गोलकिपर इभान भिलारले रोकेका थिए ।

खेलमा रियलले फरवार्ड भिनिसियस जुनियरलाई घाइते हुँदै खेलको सुरुवातमा नै गुमाएको थियो । संघर्षपूर्ण जीतसँगै रियलले ३ खेलबाट ९ अंक बटुल्दै लिगको शीर्ष स्थानमा कायम रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।