स्पेन चुम्बन विवाद : महिला खेलाडीले भनिन् मेरो सहमति थिएन

काठमाडौं । स्पेनिस महिला फुटबल खेलाडी जेनी हर्मोसोले स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले आफूलाई चुम्बन गर्दा आफूले सहमति नदिएको बताएकी छन् ।

स्पेनका ८० जनाभन्दा बढी महिला खेलाडीले रुबियालेसलाई पदबाट नहटाएसम्म मैदानमा नजाने बताएका छन् ।

गत आइतबार महिला विश्वकपको फाइनलमा स्पेनले इंग्ल्याण्डलाई पराजित गरेको थियो ।

यसै क्रममा रुबियालेसले स्पेनकी महिला खेलाडी जेनी हर्मोसोलाई किस गरेका थिए ।

त्यसयता उनको राजिनामाको माग भइरहेको थियो, जसलाई उनले अहिलेसम्म बेवास्ता गर्दै आएका छन् ।

शुक्रबार रुबियारेजले राजीनामाको मागलाई अस्वीकार गर्दै उत्तेजक भाषणमा यो चुम्बन सहमतिमा भएको बताए ।

स्पेन सरकारले रुबियारेजलाई पदबाट हटाउन कानुनी प्रक्रिया सुरु गरेको छ । स्पेनमा फुटबलका धेरै महत्त्वपूर्ण प्रायोजकहरूले पनि कारबाहीको माग गरेका छन्।

विजयको उत्सवमा स्पेनकी महारानी लेटिजियाको नजिक उभिएर आफ्नो गुप्तांग छोएकोमा पनि रुबियाल्सको आलोचना भएको छ ।

जुन विवादले स्पेनमा महिला अधिकारसम्बन्धी लामो समयदेखि चलिरहेको विवादलाई बढाएको छ।

रुबियारेज सन् २०१८ देखि स्पेनिस फुटबल महासंघका अध्यक्ष छन्।

स्पेनी सरकारका धेरै मन्त्रीहरूले पनि उनको व्यवहारको आलोचना गरेका छन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।