धार्मिक तथा पर्यटकिय स्थल सभापोखरीमा दर्शनार्थीको भिड बढ्दै

धनकुटा । पूर्वको गोसाईकुण्ड भनेर चिनिने धार्मिक तथा पर्यटकिय स्थल सभापाखरीमा दर्शनार्थीको भिड बढेको छ ।

जनैपूर्णिमामा यस क्षेत्रमा बिशेष मेला लाग्ने गरेको छ । मेला भर्न संखुवासभा सहित धनकुटा,तेह्रथुम, भोजपुर, झापा,मोरङ्ग,सुनसरीबाट धार्मिक पर्यटक पुग्ने गरेका छन् ।

धार्मिक तथा प्राकृतिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य सभापोखरीमा स्नान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नं ५ मा पर्ने सभापोखरी धार्मिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण स्थल रहेको छ ।

समुद्री सतहदेखि चार हजार दुई सय ४० मिटरको उचाइमा रहेको सभापोखरीको लम्बाइ २०० मिटर र चौडाइ लगभग १०० मिटर रहेको छ । वरिपरि अग्ला पहाडहरूले घेरेको पोखरीको बिचमा एउटा थुम्को रहेको र त्यही थुम्कोमा बसेर देवताहरूले सभा गरेको जनविश्वास रहेको छ ।

यहां तिनजुरे,मिल्के,जलजले हुदै वा सङ्खुवासभाको सदरमुकाम हुदै ३/४ दिनको पैदलयात्रा पश्चात् उक्त ठाउँमा पुग्न सकिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।