मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क ः अध्यक्ष ओली

काठमाडौँ, २० भदौ ः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्कका रूपमा रहेको बताउदै यसविरुद्ध सचेतना जगाउन आह्वान गर्नुभएको छ ।

मानव बेचबिखनविरुद्धको १७आँैं राष्ट्रिय दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उहाँले मानव बेचबिखन तथा ओसारपसार गर्ने प्रवृत्ति विरुद्ध एकजुट भएर लाग्न आग्रह गर्नुभएको हो । अध्यक्ष ओलीले आफ्नो पार्टी सामाजिक न्याय, मानवता, नागरिकको समान अधिकार र अवसरका लागि आन्दोलनको अगुवाइ गरिरहेको जनाउँदै मानव बेचबिखन तथा ओसारपसार विरुद्धका हरेक अभियानमा एमाले निष्ठापूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि उचित नीति तर्जुमा गरी भरपर्दाे कानुनी र संरचनात्मक आधार तय गर्न उहाँले आग्रह सरकारसँग आग्रह पनि गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।