उपभोक्ता ठगिनु हुन्न : अध्यक्ष ओली

काठमाडौँ, ३१ भदौ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चाडपर्वमा उपभोक्तालाई सजकता अपनाउन आग्रह गर्नुएको छ । ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा पार्टीको उपभोक्ता हित तथा सुशासन विभागले बढ्दो महँगी र उपभोक्ता हितको सवाल विषयक विचार गोष्ठीमा उहाँले चाडपर्वको बेला उपभोक्ता ठगिने गरेको भन्दै सरकारले सजकता अपनाउनुपर्ने बताउनुभयो ।

“चाडपर्वमा बेला उपभोक्ता मर्का परेर, महँगीको मारले कृत्रिम अभाव सिर्जना भएर, ठगीमा परेर, गुणस्तरीय समान नभएर, उचित मूल्य नभएर अझ बढी पीडामा सर्वसाधारण नपरुन् भनेर सरकारले सजकता अपनाउनुपर्दछ”, उहाँले भन्नुभयो, “चाडवाडका बेला सर्वसाधारण ठगिनु हुँदैन ।”

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणबाट फर्किसकेपछि उपभोक्ता हित संरक्षणबारे आफूले कुरा गर्ने बताउनुभयो । उहाँले सरकारलाई उपभोक्ता हित संरक्षण गर्नका लागि बाध्य पार्नुपर्ने बताउनुभयो । उहाँले जनता आफैँ ठगिएको थाहा नपाउने भन्दै ठगिएको कुरा जनतालाई बुझाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले उपभोक्त हित संरक्षणबारे पार्टीले जागरण अभियान र संसद्मा कुरा उठाउने भन्दै स्थानीय जनप्रतिनिधिलाई पनि उपभोक्ता हित संरक्षणमा सजकता अपनाउन आग्रह गर्नुपर्ने भनाइ राख्नुभयो ।

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले बजारलाई सुसूचित गर्ने प्रणाली नभएकाले उपभोक्ता ठगीमा पर्ने गरेको बताउनुभयो । उहाँले बजार अनुगमन गर्ने संयन्त्र नभएको कतिपय सामग्रीको चार वर्षमा भएको मूल्यवृद्धि अहिले दुई वर्षमा भएको बताउनुभयो ।

“एकातिर आर्थिक मन्दी भनिरहेका छौँ । अर्कोतिर मूल्य वृद्धि भइरहेको छ । बजारमा कृत्रिम अभाव र एकाधिकार पनि छ, । बजारमा मूल्य वृद्धि रोक्ने अनुगमन पनि भएको छैन । अनि मूल्य बढिरहेको छ”, उहाँले भन्नुभयो । उहाँले सरकारले आपूर्ति गर्ने वस्तु नियमित नगर्दा पनि विवाद आउने गरेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री डा खतिवडाले उपभोक्ताका लागि चाहिने वस्तुको पहिचान नगरिकन वस्तुमा नियन्त्रण गरिएको बताउनुभयो । अनुत्पादक क्षेत्रमा खर्च हुँदा उपभोक्तालाई मार पर्ने भन्दै उहाँले सरकारले अनुत्पादक खर्च घटाउनुपर्ने बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।