विराटनगरका केही स्थानमा आजदेखि दुई महिनासम्म निषेधित

मोरङ : जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकाका केही स्थानमा विरोध, जुलुस एवं धर्ना जस्ता कार्यक्रम रोक्नका लागि असोज १ गतेदेखि आगामी दुई महिनासम्म बिहान ६ बजेदेखि लागुहुने गरी निषेधित क्षेत्र तोकेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवद्वारा हस्ताक्षरित आज साँझ जारी गरिएको सूचनामा जिल्ला सुरक्षा समिति मोरङको निर्णयानुसार नगरमा शान्ति सुरक्षा कायम राख्न एवं सुरक्षा जोखिमलाई ध्यानमा राखी सो निर्णय गरेको जनाइएको छ ।

यसरी निषेधित क्षेत्र कायम गरिएका स्थानहरूमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिणमा जतुवा चोक, मुख्यमन्त्री निवास वरिपरि तीन सय मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि तीन सय मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ डाँफे चोकदेखि पूर्व रहेका छन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३ क) बमोजिम ती क्षेत्र निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी गराइएको छ । निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवातजावत रोक नभएको सूचनामा उल्लेख गरिएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।