आजको दिन ऐतिहासिक महत्वको : उपसभामुख

काठमाडौँ, ३ असोज : उपसभामुख इन्दिरा रानाले संविधान दिवस, २०८० को अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त आमाबुवा, दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानसभाबाट जनताका प्रतिनिधिले संविधान जारी गरेको आजको यस ऐतिहासिक दिनमा परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका गौरवपूर्ण जनक्रान्ति र जनआन्दोलनमा सहादत प्राप्त गर्ने सहिदप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

“जनआन्दोलनका क्रममा घाइते भई अपाङ्गता हुनुभएका सबै योद्धाको स्वास्थ्यलाभको कामना गर्दै उहाँहरूको योगदानको उच्च सम्मान गर्दछु । नेपालको संविधान निर्माणमा विशिष्ट भूमिका खेल्नुहुने राजनीतिक नेतृत्व, संविधानसभा सदस्य, नागरिक अगुवा, सञ्चार जगत्लगायत आमनागरिक सबैमा हार्दिक आभार व्यक्त गर्दछु”, सन्देशमा उहाँले भन्नुभएको छ ।

आजको दिन ऐतिहासिक जनक्रान्ति, जनआन्दोलन र जनसङ्घर्षबाट प्राप्त उपलब्धि नेपालको संविधानको दस्तावेजका रूपमा संस्थागत भएको दिन हो । नेपालीलाई एउटै सूत्रमा एकताबद्ध गर्ने देशको मूल कानुन संविधान जारी गरिएको यस दिनले सबैलाई संविधान कार्यान्वयन र यसको पूर्ण पालनाका लागि प्रेरणा दिने विश्वास लिएको उहाँले बताउनुभएको छ ।

विभिन्न ऐतिहासिक जनसङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयता, सामाजिक न्यायसहितको समावेशी, समानुपातिक प्रणाली, धर्मनिरपेक्षतालगायतका उपलब्धिलाई संविधानमा लिपिबद्ध गरी संस्थागत गरिएको उल्लेख गर्दै उपसभामुख रानाले नागरिकका मौलिक हक, अधिकार र स्वतन्त्रता पनि संविधानले सुनिश्चित गरेको बताउनुभएको छ ।

“संविधान जारी भएको आठ वर्षको अवधिमा सङ्घीय संसद्ले थुप्रै ऐन, कानुन निर्माण गरी संविधान कार्यान्वयनमा विशेष जिम्मेवारी पूरा गर्दै आएको छ । सङ्घीयता कार्यान्वयनका लागि आवश्यक केही कानुन बन्ने क्रममै छन् । संविधान कार्यान्वयनको जिम्मेवारी पूरा गर्न सङ्घीय संसद् सदैव सक्रिय भइरहने छ”, उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।