माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा पूर्व मन्त्री खेमराज भट्ट मायालुको निधन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा पूर्व मन्त्री खेमराज भट्ट मायालुको निधन भएको छ ।

क्यान्सर रोगको उपचाररत भट्टको बिहीबार निधन भएको हो । उनी काठमाडौँको वीर अस्पतालमा उपचाररत थिए ।

२०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका मायालु गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् ।

रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम विस्फोट गराएको थियो । मायालु त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।