विद्यालयहरूमा दरबन्दी मिलान गर्दै काठमाडौं महानगर

काठमाडौ । काठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयका शिक्षकहरूको दरबन्दी मिलानको काम अघि बढाउने भएको छ।

काठमाडौं महानगर शिक्षा विभागले कुनै विद्यालयमा विद्यार्थी संख्या बढी, शिक्षक कम, कुनैमा शिक्षक बढी, विद्यार्थी कम रहेकाले विद्यार्थी संख्या र आवश्यकताका आधारमा दरबन्दी मिलान गर्न लागिएको जनाएको छ।
विभागका प्रमुख सीताराम कोइरालाले दरबन्दी मिलानका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।

‘अहिले विद्यार्थी संख्या धेरै भएको विद्यालयले थप दरबन्दी माग गरेका छन्। त्यस्ता विद्यालयलाई दरबन्दी मिलान गर्दा दिने प्रयास गरिने छ,’ उनले भने।

वास्तवमै शिक्षक आवश्यक हो भने मिलानका क्रममा दरबन्दी दिन नसके पनि त्यो बराबरको अनुदान रकम दिएर भए पनि आवश्यकता पूरा गर्ने उनले जानकारी दिए। हाल महानगरमा प्रचलित शिक्षा ऐन, २०२८ ले गरेको व्यवस्था र कामपाको शिक्षा ऐन, २०७५ तथा विद्यालय व्यवस्थापन नियमावली, २०७४ ले गरेका प्रावधानअनुरूप विद्यालय सञ्चालनमा छन्।
अहिले काठमाडौं महानगरमा ८९ सामुदायिक विद्यालय सञ्चालनमा छन्। तीमध्ये ५९ माध्यमिक विद्यालय छन् भने अन्य आधारभूत तहका विद्यालय हुन्। त्यस्तै पाँच सय चार निजी विद्यालय सञ्चालनमा रहेको बताइएको छ।

महानगरले सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालयको स्तरोन्नति गर्न लागेको पनि जनाएको छ। पछिल्लो समय निजी छोडेर सामुदायिकमा आउने विद्यार्थी बढी रहेको पनि महानगरले जानकारी दिएको छ।
कम विद्यार्थी संख्या भएको विद्यालयमा कसरी बढाउने, भौतिक संरचना आकर्षण र राम्रो बनाउने, आवश्यकताअनुसार शिक्षक दिने र थप गुणस्तर बढाउने काम गर्नु तत्काल महानगरको लक्ष्य रहेको प्रमुख कोइरालाले बताए।

उनका अनुसार पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढिरहेकाले सञ्चालनमा रहेका विद्यालयलाई थप गुणस्तरीय बनाउन लागिएको हो। सञ्चालनमा रहेका केही सामुदायिक विद्यालयमा अहिले नै विद्यार्थी थेगिनसक्नु छ।

त्यस्तै महानगरले चालु आर्थिक वर्षदेखि नै एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालन गर्ने भएको छ। सामुदायिक विद्यालयलाई सधैं सुन्दर र हराभरा बनाइराख्न महानगरले पाँच करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।