मैवाखोला गाउँपालिकाका पहिरो पीडित एकीकृत बस्तीमा

ताप्लेजुङ, ८ असोज : मैवाखोला गाउँपालिकाले पहिरोका कारण विस्थापित बनेका ओदक र ताम्राङका ६५ परिवारलाई एकिकृत बस्ती तथा अस्थायी आवास निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको छ ।

गत असारको सुरुवाती समयमा गएको विनाशकारी पहिरोबाट विस्थापित बनेका वडा नम्बर ४ ओदक र ताम्राङ बस्तीका परिवारलाई एकिकृत बस्ती निर्माण गरेर आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

साँघुस्थित निर्माणाधीन मदन भण्डारी स्मृति रङ्गशालामा निर्मित एकिकृत बस्ती तथा अस्थायी आवासको सहायक प्रमुख जिल्ला अधिकारी टङ्क भट्टराई, गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमलगायतले संयुक्त रुपमा उद्घघाटन गरि हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

पहिरो लगत्तै गाउँपालिकाले आश्रय र सुरक्षाको तत्काल आवश्यकतालाई सम्बोधन गर्दै बस्ती परियोजनाका लागि कदम चालेको थियो । करिब दुई महिनाको अवधिमा निर्मित बस्तीले विस्थापित बनेका र पहिरोको उच्च जोखिममा परेका घर परिवारलाई सुरक्षित आश्रयस्थलका रुपमा काम गर्ने गाउँपालिका अध्यक्ष वनेमले बताउनुभयो ।

परिवार सङ्ख्या हेरी विभिन्न वर्गमा वर्गिकरण गरेर आवास कक्ष हस्तान्तरण गरिएको छ । खानेपानी, शौचालय लगायतको सुविधा सहितका ६५ आवास गृह निर्माण गरिएका छन् । टोल विकास संस्था, स्थानीय समुदायसहित विभिन्न योगदानकर्ताको सहयोगले बस्ती निर्माणमा महत्वपुर्ण भुमिका खेलेको गाउँपालिकाले जनाएको छ ।

बस्तीमा रहेका आवास गृह रु एक करोड ५० लाख बढीको लागतमा निर्माण भएको जनाइएको छ । आवास पाएसँगै पहिरो पीडित परिवारले राहत महसुस गरेका छन् । असार पहिलो सातामा अविरल वर्षासँगै गएको पहिरोका कारण मैवाखोलामा ठूलो मात्रामा भौतिक क्षति पुगेको थियो । उक्त समयमा सिदिङ्वा गाउँपालिकामा समेत पहिरोका कारण जनधनको क्षति भएको थियो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।