प्रधानमन्त्रीद्वारा आयोग गठन र पेट्रोलियम पदार्थको मूल्य फिर्तासम्बन्धी निर्णय सदनलाई जानकारी

काठमाडौँ, १४ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी र तस्करी नियन्त्रणका लागि उच्चस्तरीय आयोग गठन र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिइएको मन्त्रिपरिषद्को निर्णय सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सोसम्बन्धी मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री दाहालले सुनको अवैध पैठारी तस्करी नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्वसहसचिव किशोरजङ्ग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी सदस्य रहेको आयोग गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले नेपाल आयल निमगले हिजोदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडबाड र सर्वसाधारणको हितमा ध्यानमा राखी तत्काल फिर्ता लिन निर्देशन गरेबमोजिम निगमले सो मूल्यवृद्धिको निर्णय फिर्ता लिई पूरानै मूल्य कामय गरेको जानकारी गराउनुभयो ।

नेपाल आयाल निगमले शनिबार पेट्रोल र डिजलमा प्रतिलिटर रु छ, मट्टितेलमा प्रतिलिटर रु दुई, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाएको थियो । साथै एलपी ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको थियो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।