प्रदेशस्तरीय फूलपाती बढाइँमा मुख्यमन्त्रीद्वारा पूजापाठ

विराटनगर । मोरङको रंगेलीस्थित संसारी माई मन्दिरबाट कोसी प्रदेशस्तरीय फूलपाती बढाइँ गरिएको छ ।

विजया दशमीको सातौं दिन हरेक वर्ष रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मन्दिर परिसरबाट बढाइँ आरम्भ हुने गर्छ । कोसी प्रदेश सरकारले ६ वर्षअघि सन्सारी माई मन्दिरबाट प्रदेशस्तरीय बढाइँ गर्ने निर्णय गरेको थियो । शनिबार कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की बढाइँमा सहभागी भई पूजापाठ गरेका छन् ।

कोसी प्रदेशको राजधानी विराटनगरबाट २२ किलोमिटर पूर्वको चिसाङ खोला किनारमा मन्दिर पर्छ । नवरात्र भर १० दिनसम्म रंगेलीमा दुई दर्जन ब्राम्हणले चण्डी पाठ पारायण गर्ने गर्दछन् । त्यहाँबाट डोलीसहित फूलपाती लिएर रंगेली– ६ को पब्लिक उच्च माध्यमिक विधालय नजिकैको बेलको रुखमुनी विधिवत पूजा गर्ने गरिन्छ । जोडी बेलमा पूजापाठ गरेपछि त्यसलाई रंगेलीकै काली मन्दिरमा मुख्यमन्त्रीले फूलपाती भित्र्याउने चलन छ । लिस्नो (सिँढी) मा चढेर बेल काटेपछि विधिवत रुपमा फूलपाती भित्र्याउने कार्य शुभारम्भ हुन्छ ।

सन्सारी माई स्थानबाट सांस्कृतिक झाँकीसहित निकालिएको डोली जात्रा रंगेली बजारको काली मन्दिरसम्म पु¥याइन्छ । यसमा नेपाली सेनाको टुकडीसमेत सहभागी हुने गर्छ । कोसी प्रदेशकै दर्शनीय पीठको रुपमा विकास भएको सन्सारी माई मन्दिर र स्थानीय काली मन्दिर धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भएको मुख्यमन्त्री कार्कीले बताएका छन् । “धार्मिक पर्यटन प्रवद्र्धन र विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्नेछ,” उनले भने ।

फुलपाती बढाइँमा रंगेली, सुनवर्षी, रतुवामाई नगरपालिका, धनपालथान र कानेपोखरी गाउँपालिका तथा छिमेकी भारतबाट ठूलो संख्या भक्तजन सहभागी भएका थिए । फूलपाती बढाइँका अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी र विभिन्न जातिका झाँकीसमेत निकालिएको थियो । राई, लिम्बू, मगर, राजंवशी, सन्थाल, उराव र झाँगड समुदायले लोकनृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, प्रतिनिधि सभा सदस्इ योगेन्द्र मंण्डल, कोसी प्रदेशसभाका सदस्य लिलावल्लव अधिकारी, नेपाल प्रहरीका डिआइजी बाँस्तोला,रंगेलीका नगर प्रमुख दिलिप बगडिया, उपमेयर भूमा पराजुली, संन्सारी माई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव श्रेष्ठलगायत सहभागी थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।