विश्वकपमा श्रीलंकाको पहिलो जीत

लखनउ । भारतमा जारी एकदिवसीय विश्वकपमा श्रीलंकाले पहिलो जीत हासिल गरेको छ । शनिबार भएको खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको हो ।

नेदरल्याण्ड्सले प्रस्तुत गरेको २ सय ६३ रनको लक्ष्य श्रीलंकाले १० बल अगावै पछ्यायो । श्रीलंकाको जीतमा सदिरा समराविक्रमाले सर्वाधिक ९१ रनको योगदान दिए । त्यस्तै, ओपनर पाथुम निशांकाले ५४ रन तथा चारिथ अशलंकाले ४४ रन तथा धनञ्जय डी सिल्भाले ३० रनको योगदान दिए । नेदरल्याण्ड्सका लागि आर्यन दत्तले ३ तथा पाउल भान मेकरिन तथा कोलिन एकरम्यानले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४९.४ ओभरमा सबे विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि साइब्रान्ड एन्जलबर्चले ७० तथा लोगन भानविकले ५९ रन बनाएका थिए । श्रीलंकाका लागि दिल्सान मधुशंका र कासुन रजिथाले ४–४ विकेट लिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।