घाइतेको जीवनरक्षा सरकारको पहिलो दायित्व : उपप्रधानमन्त्री खड्का

काठमाडौँ, १८ कात्तिक : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवनरक्षा नै पहिलो काम भएको बताउनुभएको छ । आज सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले भूकम्पबाट घाइतेहरुको जीवनरक्षा नै पहिलो दायित्व भएको बताउँदै त्यसका लागि सम्पूर्ण स्रोत र साधान परिचालन गरिएको बताउनुभयो ।

रक्षामन्त्री समेत रहुनभएका खड्काले घाइतेहरुको उपचारका लागि काठमाडौँबाट नेपाली सेनाको स्काइ ट्रक र एमआई–१७ हेलिकोप्टरलगायत तीन वटा हेलिकोप्टर उद्धार तथा राहतमा प्रयोग भइरहेको जानकारी दिनुभयो । “हाम्रो पहिलो प्राथमिकता घाइतेको उद्धार गरी अस्पताल पु¥याउनु हो”, उहाँले भन्नुभयो, “त्यसपछि राहत वितरणको कामका लागि नेपाली सेनालगायतको सम्पूर्ण जनशक्ति परिचालन गरिएको छ ।”

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भूकम्प प्रभावित जाजरकोट पुग्नुभएको र आवश्यक उद्धार र राहतको काम भइरहेको बताउनुभयो । उहाँले उद्धार र राहतमा खट्नका लागि सबैलाई आग्रह गर्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।