उर्लाबारी आगलागीका घाइतेको निःशुल्क उपचार गराउन प्रदेश सरकारको पहल

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर उर्लाबारी आगलागीका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मुख्यमन्त्री कार्की शनिबार अस्पताल पुगेका हुन ।

आफन्तलाई सान्त्वना दिँदै उपचार खर्च सरकार ब्योहर्ने जानकारी गराए । कार्कीले भने,“कीर्तिपुर लगिएका घाइतेको उपचारको सबै प्रबन्ध संघीय सरकारबाट गरिने भएको छ । यसबारे म आफैले संघीय स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसँग भेटघाट गरी उपचार प्रबन्धको जिम्मेवारी लिन आग्रह गरें । उहाँले सरकारले गर्ने भन्ने प्रतिवद्धता जनाउनु भयो ।”

मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बर्न अस्पतालले जनाएको छ । ती सबै झापाको बिएन्डसी अस्पतालबाट रेफर गरिएका घाइते हुन । मुख्यमन्त्री कार्कीका अनुसार तीन जनाको शल्यक्रिया भएको र अरुको थप उपचार भइरहेको जानकारी दिए । उनले भने,“अमेरिकाबाट केही चिकित्सक उपचारको लागि आउँदै हुनुहुन्छ ।” आगलागीमा घाइते २५ जनालाई कोसी प्रदेश सरकारको समन्वयमा विराटनगर र झापाबाट सेनाको विमानमा राखेर लगिएको थियो ।

गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २८ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं लगिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।