“तेस्रो पाख्रीबास कप” ! धनकुटा फुटबल क्लव फाइनलमा प्रबेश
धनकुटा । धनकुटाको पाख्रिबासमा मंसिर ६ गतेबाट “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ पाख्रीबास युथ युनाइटेडको आयोजनामा संचालन भइरहेको “तेस्रो पाख्रीबास कप फुटबल” मा आज सेमिफाइनलका खेलहरु भइरहेका छन् ।
आज भएको पहिलो सेमिफाइनल खेलमा धनकुटा फुटबल क्लवल,धनकुटाले प्रकाशपुर फुटबल क्लब सुनसरीलाई ०-१ गोल अन्तरले हराउंदै फाइनलमा प्रवेश गरेको छ ।
खेलको पहिलो हाफमा दुबै टीमबाट गोल हुम नसकेपनि दोस्रो हाफको अन्तिम समयमा धनकुटा एफसीले १ गोल गर्दै जित हासिल पारेको हो ।
आजको दोस्रो खेल आयोजक युथ युनाइटेड र एफीएफ पकालीका बीच हुनेछ ।


