प्रसाईंकै सुरक्षाका लागि निगरानीमा राखिएको हो :भक्तपुरकी सिडिओ

काठमाडौँ । भक्तपुरका प्रमुख जिल्ला अधिकारीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंकै सुरक्षाका लागि उनलाई निगरानीमा राखिएको बताएकी छिन् । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार उनलाई नजरबन्दमा राखिएको नभई सुरक्षा चुनौतीका कारण निगरानीमा राखिएको हो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई नजरबन्दमा राखिएको हो भन्ने प्रश्नमा सिडिओ श्रेष्ठले नजरबन्दमा राखिएको समाचार गलत भएको बताइन् ।

श्रेष्ठले भनिन्, ‘उहाँकै सुरक्षाका कारण हामीले उहाँ र उहाँका कार्यकर्तालाई सुरक्षासहित निगरानीमा राखेका हौँ, यो स्थान हद वा नजरबन्द केही होइन ।’

त्यसो भए घरबाट निस्कन किन नदिएको त भन्ने प्रश्नमा श्रेष्ठले भनिन्, ‘जिल्ला प्रशासन कार्यालय काठमाडौँले उहाँलाई कार्यक्रम गर्न दिने स्थान तोकिदिएमा त्यस स्थानसम्म जान दिन हामी तयार छौँ । त्यसका लागि सहयोग पनि गर्छौँ । तर कार्यक्रम कहाँ गर्ने भनेर अनुमति नभई सडक नै अस्तव्यस्त र भद्रगोल पार्ने गरी आन्दोलन गर्ने भन्ने कुरा हुँदैन । उहाँले कार्यक्रम गर्ने स्थान र अनुमति पाएपछि हामी जान दिन्छौँ ।’

सिडिओ श्रेष्ठले बिहीबार दुई पक्षबिच पटक पटक झडप भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निगरानीमा राखिएको बताइन् । श्रेष्ठले भनिन्, ‘काठमाडौँबाट कार्यक्रम गर्ने स्थानको अनुमति भएपछि हामी उहाँलाई जान दिन्छौँ । अहिले सुरक्षा दिएर निगरानीमा राख्नुको कारण उहाँकै सुरक्षाका लागि हो ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।