प्रदेश सरकारले महिलालाई उद्यमी बनाउने

मोरङ, ११ मङ्सिर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले महिलालाई उद्यमी बनाउने बताउनुभएको छ । मानव अधिकार रक्षक सञ्जाल कोशीद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय ‘महिलावादी मञ्च–२०८०’ सम्मेलनको उद्घाटन गर्दै उहाँले महिलालाई तालिम मात्र होइन उद्यमी बनाउनका लागि आवश्यक बजेट छुट्याएको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले महिलाको आर्थिकस्तर वृद्धि गर्न जुनसुकै कठिन परिस्थितिमा पनि सरकार जनताको पक्षमा काम गर्ने बताउनुभयो । फरक प्रङ्गमा उहाँले आफूले जनताको पक्षमा काम गरिरहेकाले तत्काल पदबाट नहटने बताउनुभयो ।

सरकार प्रदेशको मानवीय सूचकाङ्क बढाउने कार्यमा लागिपरेको बताउँदै मुख्यमन्त्री कार्कीले प्रदेशका बालबालिका उपचार नपाएर मृत्यु हुने अवस्थाको अन्त्य गरिने बताउनुभयो । सरकारले बाटो, सामुदायिक भवनलगायत क्षेत्रमा बजेट कटौती हसन नदिने प्रष्ट पार्नुभयो । मुख्यमन्त्री कार्कीले विभेदरहित समाज निर्माण गर्न महिला अगाडि आउनुपर्नेमा जोड दिँदै यस कार्यमा सरकार साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

नेकपा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले महिलामाथि हुने घरेलु हिंसा तथा अन्य कुरीतिविरुद्ध एकजुट भएकर लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महिला राष्ट्रिय सञ्जालकी संस्थापक अध्यक्ष डा रेणु अधिकारीले लोकतान्त्रिक पद्धतिमा महिलाको आवाज तीनै तहको सरकारले सुन्नुपर्नेमा जोड दिनुभयो ।

सञ्जालकी प्रदेश अध्यक्ष मन्जिता उपाध्याय, प्रदेशसभा सदस्य मिना श्रेष्ठ, महिला मानव अधिकार रक्षक मोरङकी अध्यक्ष इन्दु चौधरीलगायतले महिलामाथि हुने असमानता एवं अपमानको विरोधमा महिला आफैँ अगाडि आउनुपर्ने बताउनुभएको थियो । दुईदिने सम्मेलनमा प्रदेशसभाका महिला सदस्य, प्रदेशअन्तर्गतका जिल्लाका उपप्रमुख, सञ्जालका प्रतिनिधि, मानवअधिकारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।