बेहुलाको नाच देखेर बेहुलीले बिहे गर्न मानिनन्

काठमाडौँ । बिहेमा बेहुला–बेहुलीले नाच्नु अचेल सामान्य मानिन्छ । तर कहिलेकाहीँ यस्तो नाचले बिहे नै रद्द गराइदिन सक्छ ।

भारतको उत्तर प्रदेश राज्यको मैनपुरीमा यस्तै एउटा घटना प्रकाशमा आएको छ । करहल थाना क्षेत्र अन्तर्गत गम्भीरा गाउँमा ७ डिसेम्बरका दिन ब्रजेश कुमारकी छोरीको विवाह थियो । जन्तीसहित बेहुला पनि निर्धारित समयमै आइपुगे ।

जन्तीलाई बेहुली पक्षले राम्रोसँग स्वागत सत्कार गरे । विवाहको प्रक्रिया सुरु भइसकेको थियो । केहीबेरमा वरमालाको कार्यक्रम थियो । तर त्यसअघि बेहुला आफ्ना साथीहरुसँग नाच्न थाले ।

बेहुला नाच्न थालेपछि सबैको ध्यान उनीतिर आकर्षित भयो । बेहुलीले पनि बेहुला नाचेको देखिन् । तर उनलाई बेहुलाको हाउभाउ ठिक लागेन । मदिराको नशामा बेहुला नाचेको अनुमान लगाउन उनलाई कठिन भएन ।

बेहुलीले शंका गरेपछि परिवारका सदस्यहरुले नजिकै गएर वास्तविकता पत्ता लगाउने प्रयास गरे । अन्ततः बेहुलीको शंका सही ठहरियो । बेहुलाले मात्र नभइ बेहुलाका पिताले पनि मदिरापान गरेको पत्ता लाग्यो ।

त्यसपछि बेहुलीले कुनै पनि हालतमा त्यो बेहुलासँग बिहे नगर्ने अडान लिइन् । बेहुला पक्षले बेहुलीलाई मनाउनका लागि कयौँ प्रयास गरे, तर सफल हुन सकेनन् । बेहुलीको अडानलाई उनका परिवारजनले पनि साथ दिए । त्यसपछि बेहुला जन्ती लिएर बेहुली बिना नै फिर्ता भए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।